२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

अ+ अ-

दार्चुला । मार्मा गाउँपालिका वडा नं ३ मा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माणका मजदूरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । १ वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनका अधिकांश मजदूरले कामबापतको ज्याला नपाएका हुन् ।

विसं २०७२ भदौमा शुरु भएको स्वास्थ्य चौकी भवन निर्माण २०७४ मङ्सिरमा निर्माण सम्पन्न भएको थियो । कूल रु एक करोड ८४ लाख लागतमा निर्माण भएको आवाससहितको भवनमा काम गर्ने मजदूरले अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका हुन् ।

भवन निर्माणका मिस्त्री, डकर्मीले कामबापतको ज्याला नपाएको डकर्मी रतनसिंह धामीले बताए । उनले भन्छन् ‘दैनिक रु ७०० मा काम गरेका हौँ, तर अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा छैनन् । आफ्नो मात्रै काठको काम गरेबापत रु ४५ हजार लिन बाँकी छ ।’ काम गरेका रकम नपाउँदा घरायसी खर्च धान्नसमेत धौधौ परेको उनले सुनाए ।

उक्त स्वास्थ्य चौकी भवन निर्माणमा काम गर्ने मजदूर तथा मिस्त्री डकर्मीको गरी झण्डै रु १४/१५ लाख तिर्नै बाकी रहेको कामदार बताउँछन् । निर्माणको जिम्मा पाएको बङ्गलामुखी कन्सटक्र्सनले अहिलेसम्म आफूहरुको रकम भुक्तानी नगर्दा दैनिक छाक टार्नै समस्या भएको धामी बताउछन्।

एक वर्षसम्म काम गरेको ज्याला नपाउँदा परिवार पाल्नै समस्या भएको मजदूरहरु बताउँछन् । काम गरी खाने मजदूरको रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएको उनीहरुको गुनासो छ ।

निर्माण व्यवसायी प्रतिनिधि इन्द्रसिंह ऐरी मजदूरको ज्याला तिर्न नसकिएको स्वीकार गर्नुहुन्छ । ‘मैले काम गराएको रु तीन/चार लाख दिन बाँकी छ । स्वास्थ्य चौकी भवन निर्माणमा झण्डै रु ५० लाख घाटा भयो । एउटै ठाउँमा लाखौँ रकम घाटा भएपछि अहिले निर्माण कम्पनी टाट पल्टेको छ । घरबाट लगेर दिनलाई रकम छैन’उनले भने ।

भवन निर्माण गरेको एक वर्षसम्म पनि स्थानीय तहलाई भवन हस्तान्तरण गरिएको छैन । भवन हस्तान्तरण नहुँदै अहिले स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ । भवन जीर्ण हुन थालेपछि स्वास्थ्य चौकी नयाँ भवनमा सारिएको अहेव गोविन्द जोशीले बताए ।