कमल थापाले भने : जनतामा ‘राजसंस्थाप्रति’ अझै आस्था र विश्वास छ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कमल थापाले भने : जनतामा ‘राजसंस्थाप्रति’ अझै आस्था र विश्वास छ


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाले बताएका छन् ।

शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांग्रेस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले आगामी फागुनबाट राप्रपा ‘जनसंघर्ष’ मा उत्रिने बताए ।

राप्रपा अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्र पोखरा आउँदा उनलाई स्वागत गर्न आएको भीडले राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास छ भन्ने देखाएको बताए । उनले पोखरामा रहँदा पूर्वराजा ज्ञानेन्द्रसँग भेट हुने सम्भावना रहेको बताए । पूर्वराजा ज्ञानेन्द्र पुस २ गतेदेखि पोखरामा छन् । उनी १६ दिन पोखरामा रहने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा भने राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन् विहीबार पोखरा आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस