रत्ननगर नगरका ७५ गाई भैँसीलाई सुत्केरी भत्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

रत्ननगर नगरका ७५ गाई भैँसीलाई सुत्केरी भत्ता


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


भरतपुर । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गरेका छन् ।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गरे ।

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए। रत्ननगरमा वार्षिक छ हजार गाई भैँसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब २ हजार गाई भैँसी ब्याउने गरेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस