६ बोरा मरिचसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

६ बोरा मरिचसहित एक भारतीय नागरिक पक्राउ


प्रशासन संवाददाता

४ पुस २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

वीरगञ्ज । वीरगञ्जमा सञ्चालित कस्मेटिक एवं किराना पसलबाट प्रहरीले ६ बोरा मरिच बरामद गरेको छ ।

मरिचसहित एक जना भारतीय नागरिक पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पसलबाट भारत बिहार नागारोड बस्ने २१ वर्षीय बैभवराज भन्ने भोला चौरसिया पक्राउ परेका हुन् ।

दुई दिनअघि मरिचसहित उनलाई आवश्यक अनुसन्धानका लागि भन्दै प्रहरील पक्राउ गरेको थियो ।

वीरगञ्ज महानगरपालिका – २० मा कबिता कुमारी साहको नाममा दर्ता रहेको कस्मेटिक र किराना पसलबाट ६ बोरा ११ पोका मरिच र २ वटा कमण्डोलसहित चौरसियालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

मरिचसहित चौरसियालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ । तर, पसलका सञ्चालकले भने आवश्यक कागजात भएपनि प्रहरीले मरिच नियन्त्रणमा लिएर अन्याय गरेको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस