२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छ : खानेपानीमन्त्री मगर

अ+ अ-

काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताएका छन् ।

खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले भने, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रम भने प्रभावित हुने छैनन् ।’

देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्‍याउन मन्त्रालयले ठोस कार्यक्रम तीव्रताका साथ अघि बढाउने उनले जानकारी दिए । मन्त्री मगरले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रम अघि बढाइने बताइन् ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले पूँजीगत खर्च बढाउँदै अन्य आयोजनाका काम तीव्ररुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनील दासले खानेपानीको पहुँच नपुगेका देशैभरीका नगरपालिका, गाउँपालिका, वडा तथा टोलको पहिचान गरी तथ्याङ्क सङ्कलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पुर्‍याउने गरी कार्यक्रम जनतामाझ लैजान आग्रह गरे ।

अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे। उनले भने, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन, मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।’

बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौँ उपत्यकाको सल्लाघारी, धोवीघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताए । उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले ‘वाटर एटिएम’ जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए।