मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं : राष्ट्रपति भण्डारी


प्रशासन संवाददाता

४ पुस २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत ३ शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गरेका छन्।

राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी थिए ।

सो अवसरमा ती संस्थाका नेतृत्वले सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगमा आआफ्नो निकायको उचित प्रतिनिधित्व नभएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।  राष्ट्रपतिले भण्डारीले मुलकको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका अहं भएकाले आगामी दिनमा सरकारले निजी क्षेत्रसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार राखेका छलफलमा सहभागी हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । ‘सार्वजानिक र निजी क्षेत्रको सहकार्यबाट मात्र शैक्षिक उन्नयन हुन्छ । यस कुरालाई सरकारले ध्यान दिनुपर्छ ‘, उनले भए ।

छलफलमा सहभागी एनप्साब्सनका पूर्वअध्यक्ष गीता राणाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक शिक्षामा लगानीअनुरुप प्रतिफल किन आएन भन्ने विषयमा गहन अध्ययन गरेर मात्र निजी क्षेत्र शैक्षिक संस्थासित तुलना गर्न आवश्यक छ भने । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं रहेको विषयमा राष्ट्रपतिसित छलफल भएको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस