सिंहदरवारमा कर्मचारी आन्दोलित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमा कर्मचारी आन्दोलित


प्रशासन विशेष ब्युरो

४ पुस २०७५, बुधबार


सिंहदरवारमा कर्मचारी आन्दोलित

काठमाडौँ । सिंहदरवारमा कर्मचारी आन्दोलित भएका छन् ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ संविधान तथा निजामती सेवा ऐनको मर्म र भावनाविपरित भएकोले कर्मचारीलाई अन्याय पर्ने गरी तय गरिएका व्यवस्थाहरू सच्याउनु पर्ने माग गर्दै कर्मचारीले आन्दोलनमा उत्रेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावना एवं निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धी व्यवस्थाको प्रतिकुल एवं प्राकृतिक न्यायका सिद्धान्तकोसमेत बिपरित भएकाले समग्र मुलुकको भाग्य र भविश्य निर्माणमा राजनीति सँगै काँधमा काँध मिलाए हिड्नुपर्ने हामी कर्मचारीहरुलाई अन्याय पर्ने गरी तय गरिएका व्यवस्थाहरुमा हाम्रो गम्भिर असहमति रहेको छ’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिवलाई ज्ञापनपत्र बुझाउन उपस्थित भएका सयौँ कर्मचारीहरूले नाराबाजी गर्नुका साथै अध्यादेश नसच्याए थप कडा आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा जम्मा भएका कर्मचारीहले ज्ञापन पत्र पढेर सुनाएपछि सचिवलाई बुझाउन कार्यकक्षमा पुगेका थिए तर सचिव नभेटिएपछि कर्मचारीको भीड सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जम्मा भएको थियो ।

आन्दोलनरत कर्मचारीका प्रतिनिधिहरूले प्रधानमन्त्री कार्यालयका सचिव रेश्मिराज पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए ।

हेर्नुहोस् ज्ञापन पत्र

र यो पनि, 

सिंहदरवारभित्रै प्रदर्शनमा उत्रेका कर्मचारीका यी हुन् ६ बुँदे माग

सिंहदरवारमा कर्मचारी आन्दोलित

कर्मचारीका छ सवालबारे सचिव दिनेश थपलियाको जवाफ

सरकारलाई ट्रेड युनियनको सात दिने अल्टिमेटम, अध्यादेश संशोधन नभए कडा आन्दोलनको चेतावनी

प्रतिक्रिया दिनुहोस