२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनन्त फुकुवा : थ्रीस्टार र मनाङबाहेकका क्लबबाट खेल्ने

अ+ अ-

काठमाडौं । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् ।

२ ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए । अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन् ।

दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो । आज दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल संघ (एन्फा) गएर दुवै क्लबको सूचीमा रहेका अनन्तको नाम फिर्ता लिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

दुवै क्लबले खेलाडी दर्ताबाट अनन्तको नाम फिर्ता लिने भएपछि उनी एन्फाको कारवाहीबाट समेत जोगिने भएका छन् । दुवै क्लबसँग अनन्तले सम्झौता गरेको भेटिएपछि एन्फाले उनलाई कारवाहीको तयारी गरेको थियो ।

‘खेलाडीको भविष्यलाई हेरेर अनन्तको नाम फिर्ता लिने निर्णय गर्‍यौं’ थ्रीस्टार अध्यक्ष अरुणमान जोशीले भने, ‘फुटबलकै विकासमा लागेको हुनाले खेलाडीले गल्तीलाई माफ दिने विषयमा दुवै क्लबबीच सहमति जुटायौँ ।’

मङ्गलबार साँझ थ्रीस्टार र मनाङका पदाधिकारीको अनौपचारिक बैठक बसेर अनन्तको नाम दुवै क्लबले फिर्ता लिने विषयमा सहमति जुटाएका थिए । थ्रीटार र मनाङ दुवै क्लबमा नरहने भएपछि अनन्तले अब लिगका बाँकी ४ चरणका खेलहरू ती २ क्लब बाहेकका क्लबबाट खेल्न बाटो खुलेको छ ।

जारी लिगमा नवौँ चरणका खेल आजदेखि सकिँदै छ । लिगका लागि थ्रीस्टारसँग सम्झौता हुँदाहुँदै उनले यस वर्ष मनाङसँग सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुईवटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारबाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।