समायोजन अध्यादेशबारे प्राविधिक सञ्जालका विरोध कार्यक्रम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समायोजन अध्यादेशबारे प्राविधिक सञ्जालका विरोध कार्यक्रम


प्रशासन संवाददाता

३ पुस २०७५, मंगलबार


समायोजन

काठमाडौं । प्राविधिक सेवामा कार्यरत कर्मचारीहरूले कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ मा भएका कर्मचारीहरूका हित विपरीतका प्रावधानहरूलाई संशोधन गर्न माग गर्दै विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

प्राविधिक सञ्जाल, नेपालले अध्यादेशमा उल्लिखित प्रावधानहरूबारे असन्तुष्टिका ८ वटा बुँदाहरू र कार्यक्रमहरूबारे प्रदेश तथा जिल्ला कार्यसमितिहरुलाईसमेत पत्र पठाएको छ ।

प्राविधिक संजाललगाएत, नेपाल पाराभेटेरीनरी एण्ड लाइभष्टक एसोसिएशन, नेपाल पशु स्वास्थ्य प्राविधिक संघ, डिप्लोमा इन्जिनियर्स एसोसिएशन नेपाल, नेपाल सर्भेयर एशोसिएशन, नेपाल फोरेष्ट टेक्निसियर्स एसोसिएसन, नेपाल कृषि प्राविधिक एसोसिएसन र जुनिएर वन प्राविधिक संघले सामूहिक रूपमा विज्ञप्ति निकालेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस