काठमाडौं । गायक राज सिग्देलको स्वरमा रहेको नयाँ गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक भएको छ।
देवेन्द्र क्षेत्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । बिना कारण नभइ नै प्रेमिका रिसाउँदा र त्यो कारण पनि नबताउँदाको अवस्थालाई व्यक्त गरिएको छ । गीतकार देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका सो गीतमा सरोज अधिकारीको छायांकन र निर्देशन रहेको छ ।
म्युजिक भिडियोमा मेलिशा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुविना तामाङको अभिनय रहेको छ। भिडियोको सम्पादन भने भीम विश्वकर्माले गरेका छन्।
हेर्नुस् भिड्योसहित: