दुई महीनापछि शव नेपालमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई महीनापछि शव नेपालमा


३ पुस २०७५, मंगलबार


पाल्पा । धन कमाउन विदेश गएका चापाकोट नगरपालिका –७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ ।

आठ महीनाअघि उनी कतार गएका थिए । कतारमा गाडी चालकको रुपमा काम गर्दै आएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिएको मृतकका आफन्त शङ्कर पोखरेलले बताए । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो ।

सोमबार चापाकोट नगरपालिका– ७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएका कारण खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस