सत्तापक्षकै नेताहरुबाट सरकार र पार्टीको आलोचना, बैठक फेरी मंगलबार « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सत्तापक्षकै नेताहरुबाट सरकार र पार्टीको आलोचना, बैठक फेरी मंगलबार


२ पुस २०७५, सोमबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी विधिसम्मत नचलेको भन्दै नेताहरुले आलोचना गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको बताएका छन् ।

बैठकमा बोल्ने नेताहरुले पार्टी विधान र विधि अनुसार नचलेको धारणा राखेका छन् । पार्टी एकता प्रक्रियाले गति दिन नसकेको, प्रदेश कमिटी गठन मापदण्ड अनुसार नभएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका छन् । पार्टीको सचिवालयले विधि र विधानअनुसार काम नगरेको सबैको धारणा थियो । सरकारभन्दा पार्टी नेतृत्वको धेरै आलोचना भएको छ । सरकारले जनअपेक्षाअनुसार काम नगरेको नेताहरुले बताएका छन् ।

अध्यक्षद्वयको प्रस्तावमा प्रगति देखाए पनि ९ महिनामा जनअपेक्षाअनुसार काम नभएको बताए ।

बैठक मंगलबार ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस