प्रिय सरुवा,
तिमी अनमोल बन्यौं
सजिलै पाउन नसक्ने,
सजिलै बुझ्न नसकिने
कति ठाउँहरु खोजें
आशाका बान्कि लिएर
अन्त्यमा तिम्रो शहर रोजें ।
प्रिय सरुवा,
धुवाँ र धूलोमात्रै घुमिरहने
तिम्रो शहरमा धेरै टहलिएँ,
तालुक निकाय कति धाएँ
कसैले यसलाई भेट भनेन
त्यसैले त तिम्रो शहर
पटक्कै निको लागेन ।।
प्रिय सरुवा,
तिम्रा शहरका मान्छे
साँच्चै मान्छे भन्दा ठूला
तिम्रो प्रिय पत्र नथामी
कति चर्किए, कोही झर्किए
समायोजनको शब्द बोकी
मै आफैं फर्किएँ ।।।