२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ

अ+ अ-

जनकपुरधाम । नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० देउरा रुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका–५ का वडासदस्य ४९ वर्षीया गङ्गा साह, रौतहट दुर्गा भगवती गाउँपालिका–४ घर भई हाल जनकपुर उपमहानगरपालिका–४ बस्ने हेमन्त पाण्डे र धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डल छन् ।

प्राप्त सूचनाका आधारमा देवपुरा रुपैठा बस्ने विद्यानन्द चौधरीका छोरा रोशनकुमार चौधरीको डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा नक्कली नागरिकतालगायतका कीर्ते कागजात फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीका कोठाबाट प्रहरीले विभिन्न व्यक्तिको नामको नागरिकता प्रमाणपत्र, सादा नाम नभरेको नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जीकाधिकारी छाप, टोली प्रमुख नगरपालिकाको छाप, वडाध्यक्षको छाप, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइको प्रमाणपत्रको ठेली, नागरिकता विवरणको ठेली र मोबाइल थान एकसमेत बरामद गरेको छ ।

पक्राउ परेकाबाट नागरिकता अनुसूची फारमको ठेली, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने होलोग्राम र नगद रु एक लाख ५३ हजार पनि बरामद भएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बरामद भएको कीर्ते नागरिकताका प्रमाणपत्र २०७० सालको रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयको स्रेस्तासमेत बरामद भएकाले यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

पक्राउ परेकालाई सरकारी दस्तखत छाप कीर्ते र नागरिकता मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ ।