नियन्त्रित लागूऔषधसहित दुई पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नियन्त्रित लागूऔषधसहित दुई पक्राउ


प्रशासन संवाददाता

२८ मंसिर २०७५, शुक्रबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । नियन्त्रित लागु लागूऔषधसहित २ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका-७ स्थित ओम अस्पताल अगाडि सडक किनाराबाट सिन्धुली दुधौली नगरपालिका -९ बस्ने २१ वर्षीय अमन नायक र काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका १२ बस्ने बिष्णु पाललाई पक्राउ गरेको छ ।

अमन नायक लाई नियन्त्रित लागूऔषध डाइजेपाम ३५ एम्पुल, बुप्रेनोर्फिन ३५ एम्पुल र फेनागरन ३५ एम्पुल सहित बिहीबार दिउसो र बिष्णु पाललाई नाइट्रोभेट २ सय ८० थान सहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट काठमाडौंतर्फ आउदै गरेको न.५ च ६१२२ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस