विकट वडामा ट्रयाक खोलिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विकट वडामा ट्रयाक खोलिँदै


प्रशासन संवाददाता

२८ मंसिर २०७५, शुक्रबार


नारायणपुर । तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा बाटोको ट्रयाक खोल्नुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पार्न थालेको छ

यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडा १, ३, ४ र १३ का विभिन्न गाउँमा बाटो पुर्‍याउन काम गरिरहेको र दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ नहुने उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताए ।

वडान नं ४ का वडाध्यक्ष बालकृष्ण पुनले भने, “पर्यटकीयस्थल चमेरे गुफा र मुलकोटसम्म बाटो पुर्‍याउनुका साथै वर्षात्को समयमा बाढीपहिरोले बन्द गराएका सबै बाटो खुलाउने भएको छ ।”

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा विकासका कामलाई अगाडि वढाउनका लागि दुई जेसिबी, दुई ट्रक र एउटा रोलर किनेर प्रयोगमा ल्याएकाले नयाँ ट्र्याक खोल्न र ग्राभेल गर्न सहज भएको नगरप्रमुख पाण्डेले बताए । वडा कार्यालयको निवेदनमा क्रमानुसार ती उपकरणलाई प्रयोग गरिने यान्त्रिक शाखा प्रमुख मधुकर डाँगीले बताए । रासस

प्रतिक्रिया दिनुहोस