गण्डकी प्रदेशका प्रदेशसभा सदस्य घर्तीको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य घर्तीको निधन


प्रशासन संवाददाता

२७ मंसिर २०७५, बिहिबार


बागलुङ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ ।

कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए।

नेपालमा उपचार हुन नसकेपछि उनीलाई मङ्गलबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । त्यसअघि घर्तीलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।

बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका ४७ वर्षीय घर्तीको जन्म बागलुङ ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा भएको थियो । उनी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्यसमेत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस