२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी जागिर नै किन ?

अ+ अ-

यसवर्ष लोकसेवा परीक्षा उत्तिर्ण गरी निजामती सेवामा प्रवेश गरेका केही साथीहरूमाझ प्रश्न गरियो सरकारी जागिर नै किन रोज्नुभयो ?

साथीहरूको फरक-फरक धारणा आए;

‘निजी कम्पनीमा जतिसुकै इमानदार भई काम गर्दा पनि भविष्यको कुनै ग्यारेन्टी हुँदैन। बल छउञ्‍जेलको लागि हो। उमेर ढल्केपछि पेन्सन पाइँदैन। सरकारी सेवामा ६० वर्ष कटेपछि सरकारबाट पेन्सन पाइन्छ बाँचुञ्‍जेल।’

‘पैसा टन्न कमाउने व्यापारीले जतिसुकै सम्पत्ति कमाएको भए पनि तिनलाई कसैले नमस्कार गरेर इज्जत गरेको देखिनँ तर छिमेकी जागिरेलाई सबैले मान सम्मान गरेका छन्, त्यसैले अरबमा पैसा कमाएर मात्र नपुग्ने रैछ समाजमा प्रतिस्ठा कायम राख्न सरकारी जागिरले ठुलो भूमिका निभाउँदो रहेछ ।’

‘जिन्दगीमा धेरै भूमिका निभाइयो, उतार-चढाव पनि भयो,अनि बल्ल बुद्धि आयो कि स्थिरता केवल सरकारी जागिरमा छ, अरू त सबै अस्थायी हुन् ।’

‘घरको जेठो छोरो म, काँधमा जिम्मेवारी छ । बुबा किसान हुन्। खेती किसानीबाट आएको पैसा त खाँदैमा सकिन्छ भविष्यलाई बचाउन सकिन्न। त्यसमाथि पनि बहिनीको बिहेको लागि दहेज पाँच लाख भन्छन् कहाँबाट जुटाउने ? जागिर खाइयो भने कमसेकम आफ्नो बिहेमा आउने दहेजबाट बहिनीको बिहे खर्च त पुग्छ नि।’

लोकसेवा आयोगको परीक्षा र सिफारिस पश्‍चात् सरकारी सेवामा प्रवेश गर्ने बाटो खुल्छ। धेरै जसो लोकसेवा तयारी कक्षा गरिने कक्षामा आजभोलि मधेसी समुदायको सहभागिता बढ्दो छ। कुनै बेला पहाडी जनजाति इतरका उच्च खस (ब्राम्हण, क्षेत्री) समुदायबाट मात्र सरकारी कार्यालय भरिन्थे आजभोलि समावेशीको निम्ति कोटा छुट्ट्याए सँगै जनजाति, महिला, मधेसी, दलित आदि समुदायकाहरु पनि सरकारी सेवामा देखिनु लोकतन्त्रको सुन्दर नमुना हो।

करिब एक वर्ष अगाडि खरिदार तहको तयारीका निम्ति सिराहा जिल्लाबाट एक जना मधेसी महिला हाम्रोमा आउनुभयो तयारी कक्षा लिन, कक्षा त लिनुभयो तर बिचमै केही समय गायब हुनुभयो । फर्केर आउँदा स्पष्ट भन्‍नुभयो ‘मलाई गाउँमा बिहेका निम्ति केटा पक्षले हेर्न आएको थियो, त्यसैले गाउँ गएर आएको।’ सायद कुरो मिलेनछ क्यारे, त्यसैले फेरि पढ्न आइछे’  यस्तै सोचियो। त्यस अघि कक्षामा केही न केही निहुँ बनाएर अनुपस्थित भइरहने उनी यसपछि भने नियमित कक्षामा आउन थाली। पढाइमा उनको लगाव र मेहनत देखेर उनका साथीहरू समेत दङ्ग थिए । जस्तै बिरामी पर्दा पनि कसैको साधनमा लिफ्ट मागेर पनि आउँथिन, कुनै पनि कक्षा छुटाइनन् ।

कक्षा सकियो, लोकसेवाको अन्तिम परीक्षा आयो, सो परीक्षा सम्म तिनको मेहनत र लगावले राम्रै उचाइ लिएछ । परिणाम सकारात्मक आयो उनी पहिलो नम्बरमा सिफारिस भइन्। लोकसेवाको सिफारिस पछि आफ्नो सफलताको खुसी साट्न र कृतज्ञता व्यक्त गर्न उनी आइन् । त्यो भेटमा उनले आफ्नो मेहनत र लगाव लोकसेवाको तयारीमा लगाउनाको कारण बताइ त्यसले मलाई स्तब्ध पार्‍यो ।

मधेस जतिसुकै विकसित र पहाड एवं हिमाल भन्दा सुगम भए पनि र त्यहाँका मानिसहरू अन्य स्थानका भन्दा सम्पन्न भए पनि त्यहाँबाट कसैले नकार्न र रोक्न नसकेको एउटा प्रथा हो दहेज। जतिसुकै शिक्षित भए पनि यो समुदायबाट हटाउन नसकेको प्रथा दहेज।

विवाह के हो त ? विवाहको बारेमा गुगल गर्दा यस्तो देखियो – ”विवाह (बिहे) दुई व्यक्तिहरूबिचको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का सँगै जीवन ब्यतित गर्ने सम्बन्ध हो।” ”बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ। महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराई पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।” -(स्रोत : युवा तथा किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी निर्देशिका पुस्तक)

तर विवाहको यो परिभाषालाई मधेसले चुनौती दिएको छ। मधेसी समुदायमा गरिने विवाह पनि पूर्ण सामाजिक, धार्मिक त हो, तर विवाहको जडमा छ अल्झेको छ दहेज प्रथा । बेला-बेला नेपाल सरकारले देशका विभिन्न स्थानमा दाइजो लिनु र दिनु कानुन विपरीत हुन्छ भनेर दाइजो प्रथाको विरुद्धमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हुन्छ। तर त्यसले मधेसी समुदायमा कुनै असर छोडेको छैन। बरु यो अझ विकराल बन्दै गरेको देखिएको छ। कतिपय परिवारमा सम्झौता बमोजिम दाइजो नल्याएको निहुँमा लोग्ने, सासू मिलेर महिलालाई जिउँदै जलाएको जस्ता समाचार पनि पटक-पटक आइरहेकै छन्।

लोकसेवाबाट सिफारिस भएर यसपल्ट सरकारी सेवामा प्रवेश गरेकी उनी यही दहेज प्रथाको कारण नै जसरी पनि सरकारी जागिर खाएरै छोड्ने कसम खाएकी रहिछन् र मेहनत गरेकी रहिछन्। पहिले हाम्रोमा लोकसेवाको तयारी गरिरहेका एकै गाउँका एक अर्का मधेसी समुदायका पुरुषसँग विवाहको कुरा चलेको रहेछ। तिनले विवाह अघि दहेजको रूपमा ३ लाख नगद दिनुपर्ने र विवाहपछि मोटरसाइकल दिनुपर्ने माग गरे । दहेज सम्झौता दुवैपक्षबाट सहमति भयो अब बिहे हुने लगभग पक्का भइसकेको थियो। केही समयपछि हुनेवाला दुलाहा जो लोकसेवाको परीक्षा दिँदै थिए, उनले लोकसेवाको परीक्षा उतिर्ण गरेर एक सरकारी कार्यालयको निम्ति सिफारिस भए। अब जागिरे भएपछि पहिलेको दहेजले विवाहको लागि नपुग्ने भनेर बार्गेनिङ गर्न सुरु गरे र थप ४ लाख रुपैयाँ माग गरे। त्यति दहेज दिने क्षमता दुलही पक्षको भएन, विवाह भाँडिन पुग्यो। विवाह नहुने भएपछि गाउँघरमा कुरा काट्न सुरु भयो। दुलाहा पक्षबाट अस्वीकृत यिनको परिवारलाई गाउँलेहरूले अब भविष्यमा तिनलाई कसैले विवाह नगर्ने भई, तिनी जीवनभर कुमारी रहनुपर्ने भयो, तिनको जिन्दगी बर्बाद भयो जस्ता कुरा सबैले सुनाउन सुरु भयो। अनि उनले अठोट लिइन् – ‘विवाह नै जीवनको अन्तिम विन्दु होइन, म पनि त्यो पुरुष जतिकै सक्षम छु। म एक वर्ष भित्र आफ्नै मेहनतले सरकारी जागिर खाएर देखाउँछु, आफ्नै खुट्टामा उभिएर देखाउँछु’ ।

गाउँघरमा आमाबाबुको बेइज्जत भएको, परिवारलाई गाउँलेको हेपाइ सहनुपरेको अनेक कुराले मनमा ठुलै जरा गाडेपछि रातदिनको मेहनत पछि उनी पनि लोकसेवाको परीक्षामा सफल भइन्। मधेसी समुदायको अर्का एक साथीको टिप्पणी थियो -उनले आमाबाबुको पैसा जोगाइन् अब दहेजबाट उनलाई मुक्ति मिल्यो। उनको कुरा सुनिरहँदा मनमा उठ्यो – ‘विद्यालय र विश्‍वविद्यालयका औपचारिक शिक्षाले मात्र परम्पराको नाममा चलिआएका यस्ता प्रथालाई रोक्न नसकिने रहेछ।’ अचेल लोकसेवा तयारी गरिरहेका वा विश्वविद्यालयमा अध्ययन गरिरहेका मधेसी अनुहारमा म केवल दहेजको बार्गेनिङ गर्न गरिएका लगानी देख्दछु। यो प्रथाको अन्त कहिले होला ?

(यो ब्लग मधेसी समुदाय प्रति कुनै पूर्वाग्रह राखेर तयार गरिएको हैन। तर देखिएका र सुनेका कुरालाई लिपिबद्ध गरिएको हो। यसैले सम्बन्धित समुदायमा यसबाट पुग्न सक्ने चित्त दुखाइप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्तो लेख्न नपरोस् भन्ने कामना पनि छ)

यी लेखकका नीजि विचार हुन् ।