पुनःनिर्माण प्राधिकरण र स्थानीय तहबीच समझदारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुनःनिर्माण प्राधिकरण र स्थानीय तहबीच समझदारी


प्रशासन संवाददाता

२६ मंसिर २०७५, बुधबार


खोटाङ । नेपाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र खोटाङका स्थानीय तहबीच ११ बुँदे समझदारी भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा समन्वय एवं सहयोग आदानप्रदान गर्ने गराउने उद्देश्यले जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जिल्लामा पुनःनिर्माणका कामलाई छिटो र सहजरुपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच समझदारी गराइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताए ।

‘प्राधिकरण गठन हुँदा स्थानीय तह बनेको थिएन’, उनले भने, ‘देश संघीयतामा गएसँगै प्राधिकरण र स्थानीय तहबीच भएको अन्योलतालाई हटाउँदै पुनःनिर्माणका काममा दुवै पक्षलाई जिम्मेवार बनाउन समझदारीपत्रमा हस्ताक्षर गराइएको हो ।’

दुई पक्षीय समझदारीपछि जिल्लामा हुने हरेक भूकम्पपछिको पुनःनिर्माणका गतिविधि स्थानीय तहको निगरानीमा हुने भएको छ । कर्मचारी खटनपटन, व्यवस्थापन, सिफारिश, हाजिरी प्रमाणितलगायतका काम स्थानीय तहका जनप्रतिनिधिको निगरानी हुने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज, प्राधिकरणबाट क्रमशः नगरपालिका/गाउँपालिकामा हस्तान्तरण गरिने, हस्तान्तरण गर्दा लाग्ने खर्च, जनशक्ति र उपकरण प्राधिकरणले उपलब्ध गराउने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस