२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न अपिल : उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको भाषा, कला र संस्कृतिमाथि विभिन्न प्रभाव पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कला र संस्कृतिमा सबैको पहुँच नेपालद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो भाषा विस्तारै कमजोर हुँदैछ । हाम्रो कला संस्कृतिमाथि विभिन्न प्रभावहरु पर्न थालेका छन् । यो हाम्रो लागि सकारात्मक संकेत होइन ।’

उपराष्ट्रपति पुनले भाषा नै नरहे, संस्कृति पनि लोप हुँदै जाने र अन्तत पहिचानसमेत गुम्ने अवस्था आएको भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । उनले भने, ‘यसैगरी जाने हो भने कुनै दिन हाम्रा सन्ततीले नेपालको नाम नेपाली भाषामा लेख्न र बोल्न सक्ने छैनन् । जब हाम्रो भाषा नै रहन्न भने कला संस्कृति कहाँ रहन्छ ? भाषा, कला र संस्कृति रहेन भने हाम्रो पहिचान नै कहाँ रहन्छ ? पहिचान रहेन भने देश नै कहाँ रहन्छ ?’

उनले सबैलाई आ–आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण सम्बद्र्धन लाग्न अपलिसमेत गरे । सबै राष्ट्रले आ–आफ्नो कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा कुनै न कुनै प्रकारका चुनौतीको सामना गरिरहनु परेको उल्लेख गर्दै भनेले ती चुनौतीहरुको साझा ढंगले सामना गर्न आह्वान गरे । नेपालका भाषा, कला, साहित्य, संस्कार, संस्कृति र सभ्यतामा अत्यन्त धनी देश भएको उल्लेख गर्दै भनेले नेपालमा भाषा, कला, साहित्य र संस्कृतिको विशाल भण्डार रहेको बताए ।

उपराष्ट्रपतिले भने, ‘नेपालको बसोबास यति विविधतायुक्त छ की यहाँ १२५ भन्दा बढी जातजातिको मानिस बसोबास गर्दछन् । यहाँ १२३ वटा भन्दा बढी भाषा बोलिन्छन् । जहाँ धेरै जातजातिको बसोबास हुन्छ, जहाँ धेरै भाषा भाषिकाहरु हुन्छन्, त्यहाँ नै कला, संस्कार र संस्कृतिको खानी हुन्छ ।’ नेपालको भाषा, कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै उनले यसको संरक्षण र प्रवद्र्धनमा विश्व समुदाय पनि लाग्नुपर्दछ भने ।

विभिन्न माध्यामबाट कला संस्कृतिको आदनप्रदान, अनुभव र ज्ञानको आदनप्रदान गर्ने परिपाटी कला संस्कृतिको संरक्षणका लागि चालिएको साझा कदमका रुपमा रहेको बताउँदै उपराष्ट्रपतिले यस्ता कार्यक्रमले कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन तथा आदन प्रदानका माध्यामबाट विकसित गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कला क्षेत्रको धरोहर ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।