पाटेबाघको छालासहित दुई पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाटेबाघको छालासहित दुई पक्राउ


प्रशासन संवाददाता

२६ मंसिर २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । प्रहरीले पाटेबाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।त्यस्तै प्रहरीले बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न सिरहाको सुखीपुर नगरपालिका–६ घर भई हाल कामपा–३१ देउराली क्लबमा बस्ने वर्ष १८ का किशोर यादवलाई नियन्त्रणमा लिएको छ । निजले पैसा चोर्ने उद्देश्यले एटिएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजका आधारमा यादवलाई उक्त बैंक रहेको भवनमा बसिरहेको अवस्थामा फलामको रडसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी कामपा वडा नं ३२ सुविधानगरस्थित एक घरमा कोही नभएको मौका पारी गरगहना तथा नगद चोरी गर्ने मकवानपुरको पौरही गाविस–७ का १८ वर्षीय नवीन विकलाई चोरी गरेको धनमालसहित नियन्त्रणमा लिएको छ ।

निजको साथबाट रु ७ हजार ५००, सुनको सिक्री एक थान, मङ्गलसुत्र दुुई थान, ल्यापटप र मोबाइल एक/एक थान र घर फोर्न प्रयोग गरेको औजारसहित बरामद गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस