२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुनाफा आर्जन गर्न सफल हेटौंडा सिमेन्ट

अ+ अ-

हेटौँडा । सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ ।

विसं २०७१ सालयता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण र बजार विस्तारका कारण मुनाफा आर्जन गर्न सफल भएको उद्योगले जनाएको छ । उद्योग प्रशासन गुणस्तरीय उत्पादनका साथै उद्योगको समग्र क्षमता सुधारमा जुटेको छ ।

प्रशासन विभागका प्रमुख गणेश कोइरालाले क्षमता सुधारका लागि १०० करोड बजेट आवश्यक पर्ने बताए । ‘हामीसँग रु ४० करोड सञ्चित छ’, उनले भने, ‘सरकारले क्रमिकरूपले आवश्यक बजेट दिएमा लामो समयदेखि जीर्ण मेशिन विस्थापन गर्न सहज हुन्थ्यो, कतिपय मेशिन कामै नलाग्ने छन् ।’

मेशिन पुरानो हुँदै जानु र उत्पादन क्षमतामा पनि कमी आएकाले स्तरोन्नति गर्न जरुरी रहेको उनको भनाइ छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका–९ मा ३२ सालमा स्थापना भएको यस उद्योगले  ४२ देखि उत्पादन शुरु गरेको हो । उद्योगले आज आफ्नो ३३ औँ वार्षिकोत्सव मनाउँदैछ ।

उद्योग व्यवस्थापनले निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरूपमा विकास गर्ने कार्ययोजना तयार गरेको छ । ‘समयानुकूल उत्पादनमा वृद्धि र मूल्य घटाउनुपर्ने बाध्यता छ’, प्रशासन प्रमुख कोइरालाले भने, ‘हेटौँडा सिमेन्टको उत्पादनमा कमी आए बजारमा निजी उद्योगको एकाधिकार रहन्छ, यदि हामीले उत्पादन दिन नसक्ने हो भने उपभोक्ताले निजी उद्योगका कमसल उत्पादनलाई महँगो मूल्यमा किन्नुपर्ने अवस्था सिर्जना हुन्छ ।’

उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको छ । डिलर सुविधाबाहेक प्रतिबोरा रु ८४७ यसको बजार मूल्य हो । यसले ‘शक्ति’ नामको ब्राण्डमा सिमेन्ट उत्पादन गर्छ ।

उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको बताए । गुणस्तरीय उत्पादन भएकाले माग पनि अत्यधिक रहेको दाबी गर्दै उनले भने, ‘उत्पादन क्षमताको विकास गर्नसके बजारमा हेटौँडा सिमेन्टकै दबदबा कायम रहन सक्छ ।’

यसको उत्पादन प्रविधि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीको भनाइ छ ।

उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक छ । काठमाडौंमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि झन माग बढेको बताइन्छ ।

सञ्चालक समितिका अध्यक्ष न्यौपानेले हेटौँडा सिमेन्टका भवनदेखि र प्रविधिसम्म पुरानो हुँदा पनि आफ्नो शाख बचाइरहेको बताए ।

‘हेटौँडा सिमेन्टको गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेका छौँ’, उनले भने, ‘निजी उद्योगले पनि हाम्रै ब्राण्डसँग मिल्दोजुल्दो नाम राखेर सिमेन्ट उत्पादन गर्ने गरेका छन्, हाम्रो विश्वसनीयता यसैले पुष्टि गर्छ ।’ उनले रु ८३ करोड घाटामा रहेको उद्योग बल्ल रु ५१ करोडमा झारिएको बताए । उद्योगमा हाल ४०० कर्मचारी छन् ।