२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारी समायोजन अध्यादेश संशोधन गर्नुपर्छ’

अ+ अ-

कर्मचारी समायोजनको औपचारिक प्रक्रिया सुरु भई सकेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको दोस्रो दिन राजपत्रमा प्रकाशित भएसँगै त्यसको भोलि पल्टैबाट देशैभरबाट सुरु गरिएको समायोजन प्रक्रिया र अध्यादेशबारे कर्मचारीहरूले आ-आफ्ना धारणाहरू राख्न सुरु गरेका छन् । यसै सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठनका पूर्वअध्यक्ष मोहन घिमिरेले कर्मचारी समायोजन अध्यादेश, २०७५ बारे पठाउनु भएको धारणा यस्तो छ:

कर्मचारीलाई मानसिक दमन नगरी कार्यक्षेत्रमा पठाउने हो भने निम्न कुराहरू राखी श्रमिक पक्षीय सरकारले अध्यादेश संशोधन गर्नुपर्छ ।

१. श्रेणीमा भर्ना भएको कर्मचारीलाई तहमा समायोजन गर्दा पाँच वर्ष भन्दा कम सेवा अवधिको खरिदारलाई पाँचौँ तह ना.सु. लाई छैटौँ तह, शाखा अधिकृतलाई आठौँ तह र उप-सचिवलाई दशौँ तहमा समायोजन गरिनुपर्छ ।

२. श्रेणीमा भर्ना भएका कर्मचारीलाई तहमा समायोजन गर्दा पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेका खरिदारलाई छैटौँ तह, ना.सु.लाई सातौँ तह, शाखा अधिकृतलाई नवौँ तह र उप-सचिवलाई एघारौँ तहमा समायोजन गरिनुपर्छ ।

३. श्रेणीमा कार्यरत जुन पदमा छन् समायोजनमा अतिरिक्त योग्यता राखिनुहुन्न ।

४. सङ्घको सेवामा आउनको लागि निश्चित प्रतिशत (१५-२०) छुट्टाएर राख्ने ग्यारेन्टी अहिले नै गर्नुपर्दछ ।

५.स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत समायोजनबाट नै तोकिनु पर्दछ ।

६. ट्रेड युनियनका नेताले मानव विकास सुचांङ्कमा पछि परेका स्थानीय तह रोजेर सरकारलाई सहयोग गरिदिनुपर्दछ ।

वा यसो गर्न सकिँदैन भने कर्मचारीलाई समायोजनमा पठाउँदा श्रेणीमा नै पठाइदिने र जुनसुकै तहमा सरुवा हुन सक्ने चक्रिय प्रणालीको सुनिश्चितता गरेर पठाई दिनुपर्दछ ।

देशैभरि जुनसुकै अड्डामा जागिर खान्छु भन्ने आत्मनिर्णयले मेरिट बेसमा जागिर खाएको व्यक्ति एउटा सीमित क्षेत्रमा खुम्चिनु पर्ने बाध्यताले मानसिक खलबलिने-बेचैनको क्षतिपुर्ति मामुली मूल्यले हुँदैन ।