कर्मचारीको सरुवा बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको सरुवा बन्द


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७५, मंगलबार


समायोजन पत्र

काठमाडौँ । सरकारले कर्मचारी समायोजन नभएसम्मका लागि सबै सरकारी कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको छ ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुशार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ः अध्यादेश कार्यान्वयनको सन्दर्भमा कर्मचारीहरूको विवरण अध्यावधिक गर्नुपर्ने र समायोजन अवधिमा सरुवा जारी रहँदा सो कार्यमा अवरोध पुग्न जाने हुँदा समायोजनको कार्य सम्पन्न नभएसम्म सरुवा सम्बन्धी कार्यलाई स्थगित गर्ने व्यवस्था गरिएको छ ।

सरकारी सेवाका कर्मचारीको विवरण अध्यावधिक गर्न मङ्गलवार नै सबै निकायमा पत्राचार गरेको मन्त्रालयले प्रत्येक कर्मचारीलाई एसएमएस गरेर यसको जानकारी दिइएको छ ।

कर्मचारी समायोजनका लागि निवेदन दिन आफू खटिएको कार्यालयमा उपस्थित भएर निवेदन दिनुपर्ने भएकाले सङ्घ, प्रदेश वा स्थानीय तहमा खटाइएका कर्मचारीहरूले मङ्सिर २८ गते शुक्रवारभित्र अनिवार्यरुपमा हाजिर भई जानकारी दिन भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस