२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगको पाठ्यक्रम परिमार्जन

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगको पाठ्यक्रम र परीक्षा योजना परिमार्जन भएको छ ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी(अधिकृतस्तर)को पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको हो ।

न्याय सेवातर्फ शाखा अधिकृतको प्रथम चरणको परीक्षा अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण हटाइएको छ । यससँगै अव प्रथम चरणको परीक्षा न्याय सेवालाई नहुने भएको हो । कानुन विषयमा स्नातक उतिर्ण आवेदकहरूको सङ्ख्या थोरै सङ्ख्यामा मात्रै हुने देखिएकोले पथम चरणको परीक्षा पाठ्यक्रमबाटै हटाइएको आयोगले जनाएको छ ।

यससंगै द्वितीय, तृतीय र चतुर्थ पत्रलाई पहिलो, दोस्रो र तेस्रो पत्र बनाएर परीक्षा योजना परिमार्जन गरिएको आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुवेदीले प्रशासनलाई जानकारी दिए ।

त्यसैगरी एकीकृत परीक्षा हुने शाखा अधिकृतका अन्य अप्राविधिक सेवाहरूको लागि प्रथम चरणको परीक्षा यथावत् राखिएको छ । तर ऐच्छिक विषय रहेको चौथो पत्र हाललाई हटाइएको छ ।

भोलि बुधवार हुने विज्ञापनमध्ये राजपत्रांकित तृतीय श्रेणीको लेखा परीक्षण र व्यवस्थापिका संसद्का लागि माथि उल्लेख गरिएअनुशारसको परिमार्जित पाठ्यक्रम आयोगको वेबसाइटमा सार्वजनिक भइसकेको छ ।

‘लेखा परीक्षण र व्यवस्थापिका संसद्को लागि चौथो पत्र हटाईको छ र न्याय सेवाको लागि पहिलो पत्र हटाइएको छ’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने ।