ट्याक्टरले किचेर बालकको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

ट्याक्टरले किचेर बालकको मृत्यु


२४ मंसिर २०७५, सोमबार


बालक

गौशाला । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारको लागि भारतमा लगिएको र आज बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस