खुम्बुमा भारतीय पर्यटकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

खुम्बुमा भारतीय पर्यटकको मृत्यु


२४ मंसिर २०७५, सोमबार


सोलुखुम्बु । भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए ।

आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडौंको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस