पञ्चवर्षीय आवधिक योजना तर्जुमा « प्रशासन

पञ्चवर्षीय आवधिक योजना तर्जुमा


प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार ११:१३

बाँके । प्रदेश नं ५ ले १२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्ण गर्न लागेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज गुलरीयामा आयोजना गरेकोे योजना तर्जुमा गोष्ठीमा संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो जानकारी दिँदै कर्णाली नदी र बबई नदीको पानी व्यस्थापन गरी बर्दियालाई हरियाली जिल्ला बनाउने र त्यहाँका आठै स्थानीय तहको मोटरबाटोलाई सुविधासम्पन्न बनाइने बताए ।

उनले अहिलेसम्म १५ वटा ऐन निर्माण भइसकेको र बाँकी ऐन आगामी प्रदेशसभाको बैठकले प्रक्रियामा अगाडि बढाउने जानकारी दिए ।

बर्दिया नेपालकै अन्नको भण्डार भएकाले सबै जिल्लामा खाद्यान्न पु¥याउने लक्ष्य सहित त्यहा कृषिको विकास र औद्योगीकरणका लागि योजना निर्माण गर्न आठै स्थानीय तहका प्रमुखलाई मन्त्री केसीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस