विवाह पञ्चमीको अवसरमा साइकल यात्रा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विवाह पञ्चमीको अवसरमा साइकल यात्रा


२३ मंसिर २०७५, आइतबार


काठमाडौं । विवाह पञ्चमीको अवसरमा साइकलयात्राको आयोजना गरिएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म साइकल यात्रा शुरु गरिएको हो ।

साइकल यात्रामा ११५ जना साइकल यात्री सहभागी छन् । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले यात्रामा सहभागी साइकलिस्टहरुलाई पशुपति क्षेत्रबाट विदाइ गरेको आयोजक समितिले जनाएको छ ।

आज पहिलो दिन साइकल यात्रीहरु सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । सोमबार सिन्धुलीगढी र मंगलबार जनकपुर पुग्ने कार्यक्रम रहेको छ । सिन्धुलीलाई पनि धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले विवाह पञ्चमीको अवसरमा साइकल यात्रा आयोजना गरिएको हो । सन् २०१६ बाट शुरु गरिएको यो कार्यक्रम तेस्रो संस्करण हो ।

Tags :
प्रतिक्रिया दिनुहोस