२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा ४३ करोडको तटबन्धन

अ+ अ-

चितवन । चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो ।

आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ १२ करोड, सुस्तासहित नवलपरासीतर्फ आठ करोड, कयर खोलामा १५ करोड राप्ती र केरुङ्गा चार/चार करोडको लागतमा तटबन्ध गर्न लागिएको हो ।

उक्त नदीका चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्यूरेचोक र मझुवा सामुदायिक वन पछाडि तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारीमा पनि तटबन्ध निर्माण गरिने छ ।

कयर खोलाको शक्तिखोर पुल २०० मिटर पूर्वबाट करीब तीन किमी दुवैतर्फ तटबन्ध गर्ने तयारी भएको प्रमुख शाक्यले बताए । भरतपुर महानगरपालिका हुँदै राप्ती मिसिएको केरुङ्गा घोलमा आवश्यक परेका ठाउँमा तटबन्धनका लागि अध्ययन भइरहेको छ ।

यसअघिका वर्षहरुमा नारायणी नदीमा मात्रै तटबन्धन गर्दै आएको आयोजनाले यस वर्षबाट अन्य स्थानमा पनि तटबन्धन गर्न शुरु गरेको हो । आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्धन नामबाट काम गर्दै आएको उक्त कार्यालय हाल जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा गाभिएर आयोजनाको रुपमा विकास गरिएको हो । कार्यालय स्थापना भएदेखि नै नारायणी नदीमा तटबन्धन बनाउन थालिएको थियो । हालसम्म नारायणी नदीमा तटबन्धनका लागि एक अर्ब ३० करोड खर्च भइसकेको उनको भनाइ थियो ।

वि.सं. २०६८ मा गरिएको अध्ययनमा नारायणी नदीबाट चितवन र नवलपरासी क्षेत्रलाई जोगाउन पुरै नदी तटबन्ध निर्माण गर्दा १० अर्ब ८१ करोड लाग्ने अनुमान गरिएकामा कम बजेट निकासा भएपछि बजेटअनुसार अत्यावश्यक ठाउँमा मात्रै तटबन्ध गरिँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस