चिसो मौसममा मेथी उपभोग गर्नुका यस्ता छन् फाइदाहरु……… « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिसो मौसममा मेथी उपभोग गर्नुका यस्ता छन् फाइदाहरु………


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


 चिसो मौसममा मेथी उपभोग गर्दा लाभदायिक मानिन्छ । मेथीको अचार, साग, मसला यी सबै परिकार हाम्रो शारीरिक स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ ।   मेथीको उपभोग गर्दा छालाको सौन्दर्यलाई राम्रो बनाउन मदत पनि गर्छ ।

मेथीको पातमा सौन्दर्यवर्धक गुण रहेको हुन्छ जसले गर्दा तपाईको छाला सम्बन्धि सम्पूर्ण विकारलाई हटाएर चमक ल्याउँछ । मेथीको दानाले अनुहारमा आउने खील भएको डण्डीफोरलाई रोक्न मद्दत गर्छ । यसबाहेक यसले अनुहारमा रहेका डण्डीफोर वा आगोले पोलेको घाउको दागलाई पनि हटाउन मद्दत पुर्‍याउँछ ।

यसका लागि सबैभन्दा पहिले तपाईले मेथीको फेस प्याक तयार गर्नुपर्छ । मेथीको फेस प्याक बनाउनका लागि तपाई त्यसको दानाको पीठो बनाएर त्यसलाई महसँग मिसाएर राख्नुहोस् । राती दैनिक सुत्न अघि त्यसलाई आफ्नो डण्डीफोरमा लगाउनुहोस् र बिहान हल्का चिसो पानीले पखाल्नुहोस् । केही दिन यस्तो प्रक्रियालाई निरन्तरता दिएपछि तपाईको डण्डीफोर हराएर जान्छ ।

मेथीको दानाले अनुहारको गम्भिर समस्या जस्तै चाउरी, कालो दाग, धर्का, संक्रमण आदिबाट छालाको रक्षा गर्छ । साथै यसले पुराना छालाका समस्याबाट पनि छूटकारा दिलाउँछ । यसले छालामा निखार र चमक पनि ल्याउने काम गर्छ ।

यसका लागि तपाईले मेथीको दाना, मेथी युक्त पानी, बेसन र दहीको प्रयोग गरेर फेसप्याक बनाउन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस