२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तला कम फलेपछि काभ्रेपलाञ्चोकका किसान चिन्तित

अ+ अ-

बनेपा । सुन्तला राम्रोसँग नफलेको भन्दै काभ्रेपलाञ्चोकका सुन्तला खेती गर्ने किसान चिन्तित भएका छन् । सुन्तलाको फूल फुलेर फल लाग्ने बेलामा झरी पर्नुका साथै असिनाले फल झारेका कारण राम्रो दाना नबसेको किसान बताउँछन् ।

पनौती नगरपालिका–१० शङ्खु थापागाउँका किसान केदारबहादुर थापाले गत वर्षभन्दा यसवर्ष कम फलेको बताए । २०३८ सालदेखि नै सुन्तलाखेती गर्दै आएका उनले वार्षिक ५ र ७ लाखसम्मको सुन्तला बेच्ने गरेको बताए ।

स्याङजाबाट सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती गर्न थालेका उनी २१ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन् । गतवर्ष साढे ३ लाखको सुन्तला विक्री गरेका उनले बताए । ३ वर्षअघि साढे छ लाखमा विक्री भएको थियो । यसवर्ष बढी सुन्तला फल्ने वर्ष भए पनि फूल फुलेर दाना लाग्ने बेलामा झरी परेर झारेका कारण कम फलेको बताए ।

उनका अनुसार भूकम्प गएदेखि कम फल्न थालेको सुन्तला कहिले सिँचाइको कमी त कहिले अन्य समस्याले कम फल्न थालेको छ । धेरै जमीनमा खेती गर्नुपरेकाले उनले खेताला लगाएर सुन्तला खेती गरेका छन् । फलेको सुन्तला व्यापारीलाई हचुवाको भरमा बोटमा नै बेच्ने गर्दै आएका छन् ।’यसपाली बेचेको छैन, अब व्यापारी आउने बेला भयो’, उनले भने,’भनेजस्तो भाउ आयो भने व्यापारीलाई दिने हो, नभए आफैँले लानुपर्ला ।’

शङ्खु दाहालटारका अर्का किसान देवमाया दाहालले सुन्तला कम फलेका कारण आम्दानी कम हुने बताए । ‘यसपाली भाउ कति आउँछ थाहा छैन, तर सुन्तला नै कम फलेका कारण आम्दानी कम हुनेभयो’ दाहालले भने । उनले एक रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । पहिला–पहिला ४०र५० हजारमा बेच्ने गरेको सुन्तला भूकम्पपछि त करीब करीब फल्नै छाडेको उनको भनाइ छ ।

थापागाउँकै अर्का किसान कान्छी थापाले वर्षको एक लाखको हाराहारीमा आम्दानी गर्दै आएकामा यसवर्ष कम हुने बताए । ५/६ रोपनीमा खेती गर्दै आएका उनले फल राम्रो भए पनि कम फलेको बताइन् ।

शङ्खुको थापागाउँमा मात्रै ३५र३६ रोपनी जग्गामा सुन्तलाखेती गर्ने किसान छन् । शङ्खुको दाहालटार, थापागाउँ, मकैटार सुन्थान लगायतका स्थान गरी सो क्षेत्रबाट वार्षिक करीब एक देखि डेढ करोड रुपैयाँसम्मको सुन्तला बेच्ने गरेको किसानहरू बताउँछन् ।

पनौती नगरपालिका कृषि तथा पशुपक्षी शाखाका मणि सापकोटाले भने यसवर्ष सुन्तला राम्रो फलेको बताउनुभयो । उनका अनुसार जिल्लाका एक हजार ५९७ हेक्टरमा सुन्तला जातको खेती भइरहेकोमा ७५ प्रतिशतखेती पनौती नगरपालिकाभित्र पर्छ । गत वर्ष १२ हजार मेट्रिक टन सुन्तला फलेको र करीब ४५ देखि ५० करोडको कारोवार भएकामा त्यसको १० प्रतिशत मात्रै जिल्लामा खपत हुने र बाँकी बाहिर जिल्लामा निर्यात हुने गरेको सापकोटाले बताए ।

प्रायजसो सुन्तला खेतीमा ऐँजेरुको समस्याले सताएको किसान बताउँछन् । बोटलाई ऐँजेरुले ढाकेपछि फल कम फल्ने गरेको किसान बताउछन् । बेलाबखत लिएको कृषि तालीमको आधारमा खेती गर्दै आएका किसानले नगरपालिका र वडा कार्यालयले खासै चासो नदिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस