पोलिथिनबाट पेट्रोल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोलिथिनबाट पेट्रोल


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ ।

तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको हो । नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने, “यहाँ पेट्रोल उतपादन शुरु भएपछि फोहर व्यवस्थापनका लागि अरु नगरपालिका पनि यसमा आकर्षित हुन सक्छन् ।”

सो कार्यका लागि नगरपालिका आफैँले उपकरण खरीद गर्नेभन्दा पनि ठेक्का सम्झौतामार्फत अरुलाई दिन नास्टले सल्लाह दिइरहेको छ । प्रमुख ढकालले भने, “स्थानीय सरकार आफैँले व्यवसाय गर्दा असफल भएको देखिएकाले हामीलेठेक्का सम्झौतामा जान भनेका हौँ ।”

देशभरमा पुराना नगरपालिकाका लागि मात्रै नभएर नयाँ थप भएका नगरपालिकाका लागिसमेत फोहरको व्यवस्थापन समस्याको विषय बनेको छ । विभिन्न अध्ययनले फोहरमा पोलिथिनको मात्रा सबैभन्दा बढी र सबैभन्दा गाह्रो रहेको देखिएको छ । नगरपालिकाले फोहर व्यवस्थापनमा गर्ने खर्चभन्दा कम बजेटमा यो उपकरण खरीद गर्न सक्छन् । उनले भने, “एक करोडँमा नगरपालिकाले शुरु गर्न सक्छन् ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस