मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


प्रशासन संवाददाता

१८ मंसिर २०७५, मंगलबार


बस दुर्घटना

लहान । चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को मोटरसाइकल चालक धनुषाको सिहरा गाउँपालिका–७ भकुण्डे निवासी ३५ वर्षीय काशिन्दर महराको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते महराको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस