प्राविधिक जनशक्ति नेपालमा रोक्न नसक्नु दुर्भाग्य –उप कुलपति खनिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्राविधिक जनशक्ति नेपालमा रोक्न नसक्नु दुर्भाग्य –उप कुलपति खनिया


प्रशासन विशेष ब्युरो

१७ मंसिर २०७५, सोमबार


प्राविधिक जनशक्ति

डोटी । प्राविधिक जनशक्ति नेपालमा रोक्न नसक्नु राज्यको लागि दुर्भाग्य भएको त्रिभुवन विश्व विद्यालय उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले बताएका छन् ।

डोटी बहुमुखी क्याम्पस डोटीले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उपकुलपति खनियाले सो कुरा बताएका हुन् ।

राज्यले आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गरेको छैन भन्ने होइन ठुलो परिणाममा जनशक्ति उत्पादन गरेको छ तर उत्पादित प्राविधिक जनशक्ति राज्यले रोक्न नसक्नु दुभाग्यपूर्ण हो प्राध्यापक खनियाले भने, दक्ष जनशक्ति अन्य देशको लागि उत्पादन गरेजस्तो भइरहेको छ राज्यले यसको विषयमा गहन तरिकाले छलफल गरेर नयाँ नीति लिनुपर्छ ।

सीमित स्रोत साधनका बिच पनि समय सापेक्ष शिक्षा दिन नसकेको र सरकारले उच्च शिक्षा र प्राविधिक शिक्षाको सवालमा स्पष्ट नीति नियम बनाउन नसक्दा उच्च शिक्षाका विषयमा समस्या देखिएको छ उनको भनाई छ ।

डोटी बहुमुखी क्याम्पस डोटीमा कृषि विज्ञानको संकाय सञ्चालन गर्न स्थानीय तह, जिल्लाका सरोकारवाला निकायहरूले स्रोत साधन जुटाई आफ्नै अनुदानमा सञ्चालन गर्न तयार भए अस्थायी सम्बन्धन दिन आफू जति वेला पनि तयार रहेको समेत उपकुलपति खनियाले बताए ।

भेटघाट कार्यक्रममा सहभागीहरूले बोल्दै सहभागीहरूले त्रिभुवन विश्व विद्यालयले वार्षिक कार्य तालिका अनुसार परीक्षा सञ्चालन लगायतका कार्यक्रम गर्न नसक्नु, कर्मचारीहरूको व्यवस्थापन गर्न नसक्नु, समय सापेक्ष प्राविधिक शिक्षातिर अग्रसर नहुनु, जनचासो अनुसारको शिक्षा दिन नसक्नु, प्रश्न पत्रमा त्रृटी हुनु लगायतका सुझावहरू समेत दिएका थिए

डोटी बहुमुखी क्याम्पसको स्थापना कालदेखि हालसम्म क्याम्पसको अवलोकन गर्न डोटी पुग्ने खनिया दोस्रो उपकुलपति हुन । पहिलो पटक २०३१ सालमा क्याम्पसको भवन उद्घाटन गर्न उपकुलपति सूर्यमान शाक्य डोटी पुगेका क्याम्पसले जानकारी दिएको हो । देशभरमा जम्मा ६१ वटा आंगीक क्याम्पस रहेका छन् जस अन्र्तगत प्रदेश नम्बर ७ मा डोटी बहुमुखी क्याम्पस डोटी, शिक्षा क्याम्पस डडेलधुरा र शिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर कञ्चनपुर रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस