गैसस महासंघमा लामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गैसस महासंघमा लामा


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


काठमाडौँ । गैर सरकारी संस्था (गैसस) महासंघको ९ औं केन्द्रीय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यीय कसमिति निर्वाचित गरेको छ ।

महासंघको बरिष्ठ उपाध्यक्षमा ध्रुवप्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी र अर्जुन भट्टराई, सचिव भावना भट्ट, देवी प्रसाद तिमिल्सिना, वैद्यनाथ चौधरी, सोभराम डाँगी, उमेश बिक, धर्मराज पाठक र डिल्लु घिमिरे, कोषाध्यक्ष बिष्णु थकाली निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यमा बालमुकुन्द सुवाल, राजेन्द्र शर्मा, ईश्वरलाल राजभण्डारी, दीपेन्द्रप्रकाश डिसी, लक्ष्मणबहादुर खड्का, गोकर्ण रूपाखेती, सञ्जयकुमार दाहाल, भीमप्रसाद शर्मा, रामचन्द्र शाह, विमलकाजी श्रेष्ठ, मिलनकुमार घिसिङ, काशीबहादुर बिक, रमेश लामा, अन्जु झा, प्रिज्मासिंह थारु, सावित्रा घिमिरे बिक, छविलाल खतिवडा, बुद्धशरण लामा, नानीमाया थापा, काजीराम रोका, गोमा ढकाल, महेश्वरी राई, देवीलाल लामिछाने, पशुपति कुँवर, भवराज रेग्मी, कृष्णकला काफ्ले, श्वेताकुमारी कलुवार, खिमबहादुर शाही, यादवकुमार सरकार र नेत्रकला शाही निर्वाचित भएका छन् ।

अधिवेशनमा ७ प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिहरूको सहभागिता थियो । अधिवेशनका क्रममा नागरिक सम्मेलन पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस