डोटीमा पहिलो पटक आन्द्रा फाटेको अप्रेसन सफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा पहिलो पटक आन्द्रा फाटेको अप्रेसन सफल


प्रशासन विशेष ब्युरो

१६ मंसिर २०७५, आइतबार


शैलेश्वरी अस्पताल

डोटी । डोटीमा पहिलो पटक आन्द्रामा प्वाल परेको बिरामीको अप्रेसन कार्य सफल भएको छ ।

दिपायल सिलगढी नगरपालिका ४ दिपायल पिपल्ला बजारस्थित शैलेश्वरी अस्पतालले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुरका १५ वर्षीय समिन सुनुलको पहिलो पटक सफल अप्रेसन गरेको जनाएको छ ।

आन्द्रामा प्वाल परेको जटिल समस्याको शल्यक्रिया गर्न सफल भएको अस्पतालमा कार्यरत डाक्टर निशान्त ढकालले बताएका छन् । ‘बिरामीको आन्द्रामा प्वाल परिसकेको अवस्थामा २४ घण्टा भित्र अप्रेसन गरिसक्नु पर्ने हुन्छ’ डा. ढकालले भने, -‘धेरै समय भइसकेकाले बिरामी बाहिर लैजान सम्भव थिएन, उपचार गर्न सक्ने प्रविधि हामीसँग उपलब्ध भएकोले यही सफल अपरेसन भएको छ ।’

डाक्टर निशान्तको नेतृत्वमा रहेको टिमले शनिवार शल्यक्रिया गरेको हो । शल्यक्रिया पछि बिरामीको अवस्था सामान्य रहेको शैलेश्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले जानकारी दिएका छन् । निर्देशक कुँवरले भने,- ‘हाम्रो अस्पतालका लागि मात्र नभएर प्रदेश नम्बर ७ का पहाडी जिल्लामा त्यो बिलकुलै नयाँ र ठुलो अप्रेसन थियो त्यो सफल भएको छ, जुन अप्रेसनबाट अस्पतालको मनोबल उच्च बनाएको छ ।’

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा अहिलेसम्म सम्भव नभएको अप्रेसन शैलेश्वरी अस्पतालले पहिलो पटक सफल रूपमा सम्पन्न गरेको हो । केही दिनको बेड रेष्टपछी बिरामीलाई डिस्चार्ज गर्ने अस्पतालले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस