मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


बस दुर्घटना

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्ँकिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । धादिङबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९५ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस