भद्रपुरमा जैविक विषादी बनाउन किसानलाई ड्रम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भद्रपुरमा जैविक विषादी बनाउन किसानलाई ड्रम


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


भद्रपुर । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ ।

नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ ।कृषिका लागि छुट्याइएको चालु बजेटबाट किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २०० र ३०० लिटर क्षमताका प्लाष्टिकका ड्रम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलले बताए।

रासायनिक मल र विषादीको विकल्पस्वरूप किसानलाई प्राङ्गारिक मल र जैविक विषादी बनाउन तालीम पनि दिइएको कृषि शाखाका प्रमुख शालिकराम भट्टराई बताउछन् ।चालु आर्थिक वर्षमा उक्त शाखाले अग्र्यानिक कृषि उत्पादनको प्रचार गर्न गाउँ÷गाउँमा सडक नाटक प्रदर्शन गर्नाका साथै दुई स्थानमा आइपिएम पाठशाला सञ्चालन गरिरहेको छ ।शाखा प्रमुख भट्टराईका अनुसार अर्जुनधारा–६ को सरस्वती महिला कृषक समूह र अर्जुनधारा–८ को मामाभाञ्जा कृषि फार्ममा नगरपालिकाको सहयोगमा प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गरिएको छ ।

केन्द्रबाट उत्पादित गड्यौला लगायत मल अन्य किसानले किनेर लैजाने गरेका छन् । धार्मिक पर्यटकीय आकर्षणका दृष्टिलेसमेत झापाको चर्चित यस नगरपालिकालाई हरित तथा अग्र्यानिक कृषि नगरको रुपमा विकास गर्न आफूहरु योजनाका साथ अघि बढिरहेको नगरप्रमुख हरि राना बताउछन् ।

प्रतिक्रिया दिनुहोस