पर्वतका छ पत्रकार पुरस्कृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्वतका छ पत्रकार पुरस्कृत


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


पर्वत । नेपाल पत्रकार महासंघ पर्वतले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका छ पत्रकार पुरस्कृत भएका छन् ।

शाखाको शनिबार सम्पन्न दशौँ साधारणसभाको अवसरमा पत्रकारलाई नगदसहित सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो । पुरस्कृत हुनेहरुमा २०७० को सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्तोष थापा, २०७१ को पुरस्कारबाट गणेश पौडेल, २०७२ को पुरस्कारबाट अगन्धर तिवारी, २०७३ को पुरस्कारबाट माया अधिकारी, २०७४ को पुरस्कारबाट राजबाबु पिसी र २०७५ को पुरस्कारबाट रोशनी तिवारी रहेका छन् ।

पुरस्कृत पत्रकारलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। यसैगरी पर्वतको पत्रकारितामा योगदान पुर्‍याएको भन्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा महासंघका महासचिव विष्टले मुलुकी अपराध संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी दफाहरु संशोधन र श्रमजीवी पत्रकार ऐन ठूला र व्यावसायिक मिडियाले कार्यान्वयन नगरेमा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस