सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने


१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले यही मङ्सिर ६ गते स्वीकृति दिएको उक्त ऋणपत्रको बिक्री यही मङ्सिर २३ गतेदेखि शुरु हुनेभएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार ऋणपत्र बिक्री छिटोमा मङ्सिर २६ गतेसम्म र ढिलोमा आगामी पुस २३ गतेसम्म हुनेछ ।

उक्त ऋणपत्रलाई ‘एसबिएल डिबेन्चर २०८२’ नाम दिइएको छ । बिक्री गर्न लागिएको ऋणपत्रमध्ये २२ हजार ५०० कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । इक्रा नेपालले उक्त ऋणपत्रलाई ट्रिपल बी प्लस ग्रेड दिएको छ ।
रासस

Tags :
प्रतिक्रिया दिनुहोस