राष्ट्रपतिपछि प्रधानमन्त्री ओलीसँग सुकीको भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिपछि प्रधानमन्त्री ओलीसँग सुकीको भेटवार्ता


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गरेकी छिन् ।

सो अवसरमा उनीहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थिति रहेको थियो । आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सुकी बिहीबार काठमाडौं आएकी थिइन् । सो सम्मेलन शनिबार काठमाडौंमा आयोजना हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस