हट्यो जोरबिजोर प्रणाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हट्यो जोरबिजोर प्रणाली


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । चौतर्फी विरोधपछि उपत्यकामा लागू गरेको जोरबिजोर सवारी प्रणाली हटाइएको छ ।

बिहान साढे ११ बजेबाट जोरविजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार बिहानबाट जोरबिजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।
‘एसिया प्यासिफिक समिट–२०१८’ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू गरेको थियो ।

जसका कारण यात्रुले सहज तरिकाले गन्तव्यमा पुग्न सकेका थिएनन् ।  कांग्रेस नेता गगन थापाले सामाजिक सञ्जालमार्फत् जोरबिजोर प्रणाली अवज्ञा गर्न आह्वान समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस