लागूऔषधसहित २ भारतीय पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लागूऔषधसहित २ भारतीय पक्राउ


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस