नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने भेला सकिएको छ । भेलाले ३८ बुँदे प्रतिवेदन पारित गरेको छ ।
नुवाकोटमा बुधबारबाट जारी भेलाले विधान संशोधनका २४ र समसामयिक १४ वटा गरी ३८ बुँदे निर्णय गरेको हो।
भेलाले तयार गरेको जिल्ला सभापतिहरुको सुझाव प्रतिवेदन शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइने छ।







