कम्बोडियाका प्रधानमन्त्री सेन र म्यानमारकी विदेशमन्त्री सुकी काठमाडौंमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कम्बोडियाका प्रधानमन्त्री सेन र म्यानमारकी विदेशमन्त्री सुकी काठमाडौंमा


प्रशासन संवाददाता

१३ मंसिर २०७५, बिहिबार


काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सुलरसमेत रहेकी विदेशमन्त्री आङ साङ सुकी काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणाणमा दुवै नेपाल आएका हुन्।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले हुन सेन र सुकीलाई सलामी दिएको थियो।  आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस