बाँकेबाट अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाँकेबाट अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ


प्रशासन संवाददाता

१३ मंसिर २०७५, बिहिबार


राँझा । बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित ३ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु ८ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नंको ट्र्याक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले बताए । नरैनापुरको फार्मले नेपालगञ्जबाट उक्त परिमाणको केराउ खरीद गरी स–सानो बोरामा राखेर निकासी गर्न लागिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस