ए डिभिजन लिग : हिमालयनले मछिन्द्र र फ्रेन्ड्सले जाउलाखेलसँग खेल्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ए डिभिजन लिग : हिमालयनले मछिन्द्र र फ्रेन्ड्सले जाउलाखेलसँग खेल्दै


प्रशासन संवाददाता

१२ मंसिर २०७५, बुधबार


काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबसँग र फ्रेन्ड्स क्लबले जाउलाखेल युग क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज विहान ११ बजे हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हिमालयन शेर्पा क्लब लिगको पाँचौ स्थानमा रहेको छ भने उसले तीन खेलबाट ७ अंक बनाएको छ । तीन खेलबाट २ अंक मात्रै बनाउन सफल भएको छ ।

आजको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । आजै हुने दोस्रो खेलमा जितविहीन रहेको फ्रेन्ड्स क्लबले जाउलाखेल युथ क्लबको सामना गर्दैछ । लिगको पुछारमा फ्रेन्ड्स रहंदा १३औं स्थानमा जाउलाखेल रहेको छ । दुवै टिमले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस