महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ : रक्षामन्त्री पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ : रक्षामन्त्री पोखरेल


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


विराटनगर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्ने बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामाजिक अभिशापका रुपमा रहेको महिला हिंसालाई अन्त्य गर्न सबै राजनीतिक दलको छलफलको विषय बन्नुपर्नेमा जोड दिए। उनले विकास, समृद्धि र सामाजिक जागृतिका लागि एकापसमा हातेमालो गरेर हिँड्नु आवश्यक रहेको उल्लेख गर्दै महिला हिंसाविरुद्धको सचेतना कार्यक्रममा व्यापकता ल्याउनुपर्ने बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महिला हिंसाको विषयमा प्रदेश सरकारले शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसाले हिंसा रोक्न अभियान सञ्चालन गरिने जानकारी दिए ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले परम्परागत सोच र मान्यताका कारण समाजमा महिला हिंसा बढिरहेको चर्चा गरे । सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिला हिंसा अन्त्य गर्न सचेतना ल्याउनुपर्ने धारणा राखे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिला हिंसा रोक्न कानूनमा कठोरता ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख र सरोकारवाला गरी ३०० जनाको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस