ए डिभिजन लिग : बीबीसीले सरस्वती र मनाङले एपीएफसँग खेल्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : बीबीसीले सरस्वती र मनाङले एपीएफसँग खेल्दै


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र सरस्वती युथ क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । आजै दिउँसो साढे २ बजे हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार मानिएको मनाङ अहिलेसम्म अपराजित छ।

अहिलेसम्मका तीनवटै खेल जितेको मनाङ ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। तीनमध्ये एक खेल जित र एक बराबरी गरेको एपीएफ ४ अंकसहित आठौं स्थानमा छ। अंकतालिकोको शीर्षमा भने त्रिभुवन आर्मी रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस